राजनीति

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

Banner

काठमाडौं, मंसिर ९-

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा उमेश श्रेष्ठलाई मनोनयन गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई कोषाध्यक्षमा नियुक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनलाई पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा ९४० बमोजिम कोषाध्यक्ष बनाइएको हो । कांग्रेसमा केन्द्रीय समिति सदस्यलाई कोषाध्यक्ष मनोनयन गर्ने व्यवस्था छ । पार्टीको १४औँ महाधिवेशन सम्पन्न भएको तीन वर्षपछि कोषाध्यक्ष मनोनयन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>