राजनीति
राष्ट्रपतिद्वारा शक्तिपीठको दर्शन
०

काठमाडौं,कात्तिक ३ –
राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गर्नुभएको छ ।
सोमवार राष्ट्रपति पौडेलले काठमाडौंको नक्शाल भगवतीमा पुगेर पूजा आराधना गर्नुभएको हो । पूजा आराधना र दर्शन गर्नुका साथै उहाँले टीका र प्रसाद ग्रहण गर्नुभएको हो । दशैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रही आएको छ । बडा दशैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























