राजनीति

उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन संविधान संशोधन हुन्छः सभापति देउवा

Banner

काठमाडौं, मंसिर ५-

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन संविधान संशोधन हुने बताएका छन् ।

बुधवार काठमाडौंमा नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनको ३५ औं स्थापना दिवसको अवसरमा संविधान कार्यान्वयनमा कानूनी तथा वित्तीय सुशासन सम्बन्धी छलफलमा भाग लिँदै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले भारत लगायतका देशहरुमा पनि सोही व्यवस्था रहेको उल्लेख गर्दै र उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्ने सहमति भइसकेको बताए । उनले प्रजातन्त्रको लागि आफू र प्रधानमन्त्री केपी शर्मा ओलीले जेल जीवन बिताउनुपरेको उल्लेख गर्दै प्रजातन्त्रको बिरुद्धमा संविधान संशोधन नहुने स्पष्ट पारे । नेपालको प्रजातन्त्रलाई मर्न नदिने र बलियो बनाउने गरी डेमोक्र्याटिक लयर्स एशोसिएशनले कामहरु अघि बढाउनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>