राजनीति

चीनसँगका विगतका सम्झौताहरू कार्यान्वयन हुनुपर्छः गगन थापा

Banner

काठमाडौं, मंसिर ५-

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्नेसँगै बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) सम्झौताप्रति कांग्रेसको स्पष्ट धारणा सार्वजनिक गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले चीनसँग सहमति भएका अनुदान सहायता तथा अन्य सम्झौताहरू पूर्ण कार्यान्वयनमा ल्याएपछि मात्रै बीआरआई योजना अगाडि बढाउनुपर्ने अडान रहेको बताए।

उनले नेपाली कांग्रेसको यो धारणा नेकपा एमालेसँग फरक रहे पनि मतभेदलाई व्यवस्थापन गर्दै अघि बढ्न सक्ने विश्वास व्यक्त गरे। उनले चीनसँगका परियोजनाहरू कार्यान्वयन गर्ने क्रममा पार्टीहरूबीच मतभिन्नता देखिए पनि साझा धारणा बनाउन सक्ने क्षमता दलहरूसँग रहेको बताए।

महामन्त्री थापाले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र अभिभाज्यतालाई नेपाली कांग्रेसले सधैं अडिग रूपमा समर्थन गरेको बताए। बीआरआईसहित चीनसँगका ठूला परियोजनाहरू अघि बढाउने क्रममा उनले दलहरूबीच सहकार्य र सामूहिक धारणा निर्माण गर्ने बताए। महामन्त्री थापाले चीनसँगको साझेदारीलाई व्यवस्थित गर्दै साझा सहमति निर्माणका लागि एमालेसँग सहकार्यको प्रतिबद्धता व्यक्त गरे।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>