देश/प्रदेश
दुर्गा प्रसाईँको म्याद थप आज नहुने
०

काठमाडौं, मंसिर ४-
साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँको म्याद थप भोलि मात्र गरिने भएको छ ।
केही कागजात र प्रक्रियाका कारण आज अदालत लैजान समय अपुग हुन सक्ने सीआईबी प्रवक्ता होविन्द्र बोगटीले बताए ।
भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका उनलाई सीआईबीको कार्यालय पुर्याएर मेडिकल गरिएको थियो ।
उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने सीआईबीको तयारी छ ।
प्रसाईँले हिजो कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको करोडौं रहेको भन्दै ‘फेक डकुमेन्ट’ सहित अफवाह फैलाएका थिए । फाइल तस्बिर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























