देश/प्रदेश
सहकारी ठगी प्रकरणः जोशीलाई काठमाडौं ल्याउने तयारी
०

काठमाडौं, मंसिर ४-
प्रहरीले स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याउने तयारी गरेको छ ।
जोशी र पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी भएसँगै जोशीलाई मंगलबार काठमाडौं ल्याउने तयारी गरिएको हो । त्यसका लागि कास्की प्रहरीलाई काठमाडौं प्रहरीले अनुरोध गरेको छ ।
जोशीको बयान सकिएलगत्तै लामिछानेलाई ल्याउने तयारी प्रहरीको छ । जोशी र लामिछानेलाई छुट्टाछुट्टै समयमा ल्याउने योजनामा काठमाडौं प्रहरी छ ।
कास्की प्रहरीका डीएसपी बसन्त शर्माले जोशीलाई मंगलबार काठमाडौं पठाउने टिकट ‘कर्न्फम’ नभएको बताए । फाइल तस्बिर ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























