देश/प्रदेश
उपनिर्वाचनमा उम्मेदारी दिएकाको उजुरीबारे आयोगले आज निर्णय गर्दै
काठमाडौं, मंसिर ४-
मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम आज निर्वाचन आयोगले उम्मेदवारविरुद्ध परेको उजुरीबारे निर्णय गर्ने र उम्मेदवारको नामावली सार्बजनिक गर्ने कार्यक्रम रहेको छ ।
आयोगले आज अपराहन्न ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र र उजुरी बारे छानबिन गरेर निर्णय गर्ने बताएको छ । यस अघि आयोगले सोमबार मनोनयन गरेका उम्मेदवारको उजुरी आव्हान गरेको थियो । त्यस्तै आयोगले आजै साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गर्ने बताएको छ ।
त्यस्तै आयोगले बुधबार उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची रहेको जानकारी दिएको छ । यसअघि आइतबार उपनिर्वाचन हुने ४४ स्थानीय तहमा ४१० उम्मेदवारले मनोनयन दर्ता गरेका थिए ।
अहिले रक्त रहेका ४४ स्थानीय तहमा उपनिर्वाचन हुन लागेको छ । जसमा जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३५ वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।
उपनिर्वाचन हुने स्थनीय तहमध्ये सबै भन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना उपप्रमुख,उपाध्यक्ष तीन जना र वडाअध्यक्ष १६ जना छन् भने नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष छन् । माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको थियो ।