राजनीति

उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक

Banner

काठमाडौं, कात्तिक २१-

नेकपा एमालेले स्थानीय तह उपनिर्वाचनबारे निर्णय गर्न सचिवालय बैठक बोलाएको छ। बैठक कात्तिक २४ गते शनिबार केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनका लागि तयारी तथा उम्मेदवारको टुंगो लगाउन सचिवालय बैठक बोलाएको प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। एमालेले कात्तिक २२ गतेभित्र उम्मेदवार सिफारिस प्रक्रिया टुङ्ग्याउन मातहतका कमिटीलाई निर्देशन दिएको उनले बताए।

एमालले नगरपालिका र गाउँपालिकाको वडाध्यक्षको उम्मेदवार सम्बन्धित पालिका तहको कमिटीको सिफारिसमा जिल्लाले नै टुंग्याउने छ। महानगरपालिका र उपमहानगरपालिकाका वडा तथा नगर र गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी सम्बन्धित कमिटी र जिल्लाको सिफारिसमा प्रदेश कमिटीले टुंग्याउने गौतमले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>