देश/प्रदेश

जटिल प्रसूति समस्यामा परेकी एक महिलाको हवाई उद्धार

०
Banner

काठमाडौँ, कात्तिक ३–

जाजरकोटको कुशे गाउँपालिका–२ की एक महिलालाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि हवाई उद्धार गरी आज सुर्खेत पुर्‍याइएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रममार्फत ती महिलाको उद्धार गरिएको जानकारी दिएको छ । जटिल प्रसूति समस्या देखिएपछि थप उपचार आवश्यक भएकाले नेपाली सेनाको हवाई साधनमार्फत उनलाई सुर्खेत लगिएको हो ।

सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पु¥याई सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

भौगोलिक विकटता, स्वास्थ्य संस्थामा उपलब्ध सीमित सेवा तथा उपचारमा हुने ढिलाइका कारण जोखिममा पर्न सक्ने महिलाका लागि यो कार्यक्रम जीवनरक्षाको महत्वपूर्ण माध्यम बन्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>