राजनीति

पाण्डे र तिम्सेनाको स्पष्टीकरणः कारबाही गर्न आवश्यक छैन

Banner

काठमाडौं, कात्तिक १२-

नेकपा एमालेका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टीलाई स्पष्टीकरण पत्र बुझाएका छन् । महासचिव शंकर पोखरेलले एक साताको समय दिएर पाण्डे र तिम्सेनालाई स्पष्टीकरणपत्र पठाएका थिए । व्यापारी मीनबहादुर गुरुङबाट जग्गा सहित केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णयको विरोधमा पाण्डे र तिम्सेनाले सार्वजनिक टिप्पणी गरेका थिए ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरिसकेको भवनबारे सार्वजनिक टिप्पणी गरेको भन्दै सचिवालय बैठक राखेरै उनीहरुसँग स्पष्टीकरण सोध्ने निर्णय गरिएको थियो । ‘‘ पार्टीको प्रतिष्ठा र मर्यादामा आँच पुर्‍याउने देखिएकाले पार्टी केन्द्रीय सचिवालयको ३९ औं बैठकको निर्णय अनुसार तपाईंलाई सोही विधानको धारा ८१ बमोजिमको कारबाही किन गर्न नपर्ने हो ?’ महासचिव पोखरेलले पठाएको स्पष्टीकरणपत्रमा सोधिएको थियो ।

तर स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सेनाले आफूहरुमाथि कारबाही गरिनुपर्ने आवश्यकता नरहेको जवाफ पठाएका छन् । ‘दान दिने ब्यापारीबारे सचिवालय बैठकमा जानकारी नदिइएको भनेर पार्टीकै पदाधिकारीहरुले मिडियमा बोलेको विषयमाथि मैले टिप्पणी गरेको हुँ’ स्पष्टीकरणपत्रको जवाफबारे पाण्डेले भनिन्, ‘मैले बोलेको कुरा मेरो व्यक्तिगत हो, त्यसैले कारबाही गर्न आवश्यक छैन भनेर जवाफ पठाएको छु ।’

तर ब्यापारीबाट दानमा कार्यालय लिन नहुने अडानमा कायमै रहेको उनले बताइन् । ‘सामाजिक सञ्जालमा जे लेखेको हुँ, त्यसैलाई व्याख्या गरेको छु’, पाण्डेले भनिन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>