मध्य नेपाल

नवलपुरमा धारियो हतियार प्रहार गरी एक युवाको हत्या

Banner

नवलपुर, कात्तिक १०-

नवलपुरमा गएराति धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहका अनुसार देवचुली–९ विशालटार निवासी २९ वर्षीय मिलन मानन्धरको हत्या भएको हो ।

मानन्धनरलाई देवचुली–९ निवासी ३० वर्षीय अर्जुन नेपालीले धारिलो हतियार प्रहाार गरी हत्या गरेका हुन् । गएराति नेपालीले मानन्धरलाई धारिलो हतियार प्रहार गरी फरार भएको र उनको खोजतलासको क्रममा राति नै कावासोती–१६ डण्डाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका मानन्धरको उपचारको क्रममा राति भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । हत्याको कारण खुल्न नसकेको र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>