राजनीति

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

Banner

काठमाडौं, कात्तिक १०-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ।

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको कार्यदिशा र आन्दोलनको स्वरूप छलफल हुने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाको नियमित गतिविधि ठप्प भएको थियो। कात्तिक २ गते लामिछाने पक्राउ परेदेखि सत्तापक्षले प्रतिशोध साँधेको भन्दै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ। आज पनि काठमाडौंको कीर्तिपुर र चितवनको लायन्स चोकमा प्रदर्शन गरिने रास्वपाले जनाएको छ।

यसैबीच, बिहान ११ बजे रास्वपाले नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले जग्गा दान दिएको स्थान कीर्तिपुर नगरपालिका २ मैत्री नगरमा गएर मौन धारण गर्ने भएको छ।

दुई तिहाइको दम्भकारी सरकारविरुद्ध आन्दोलन जारी रहेको जनाउँदै रास्वपाले सरकारको नैतिकतामा प्रश्न उठाउँदै मौन धारण गर्न लागेको जनाएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>