राजनीति

पूर्वराजासँग भेटवार्ता गरेको खबर प्रायोजित हल्ला होः प्रचण्डको सचिवालय

Banner

काठमाडौँ,कात्तिक ९-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेको समाचार झुटो भएको उनको सचिवालयले जनाएको छ। माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले पूर्वराजासँग भेटवार्ता गरेको दावीसहित सामाजिक सञ्जालमा व्यापक फैलिएपछि प्रचण्डको सचिवालयले यस्तो स्पष्टीकरण दिएको हो।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रचण्ड-पूर्वराजाको भेटवार्ताको समाचार हल्ला‚ कपोलकल्पित र झुटमात्र भएको बताए। माओवादी सकिएर गए पनि पूर्वराजासँग भेटवार्ता नगर्ने उनको भनाइ छ। वरिष्ठ पत्रकार किशोर नेपालले समेत पूर्वराजा ज्ञानेन्द्रसँग प्रचण्डको भेटवार्ता भएको भन्दै सामाजिक सञ्जालमा राखेपछि यो खबर व्यापक फैलिएको थियो।

माओवादीलाई कमजोर बनाउन प्रायोजित तवरबाट कसैले यस्तो कपोलकल्पित हल्ला फैलाएको स्वकीय सचिव मल्लको आरोप छ। गणतन्त्रका लागि लडेको माओवादीले ज्ञानेन्द्रसँग भेटवार्ता गरेर देशमा फेरि राजतन्त्र ल्याउन माओवादी तयार हुनु बुझिने उनको भनाइ थियो। उनले यस्ता कपोलकल्पित प्रायोजित हल्लाको पछि नलाग्न पनि आग्रह गरे।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>