समाचार

छविलाल जोशीसँग साढे ७ घण्टा बयान

Banner

बुटवल, कार्तिक ६-

गोरखा मिडिया नेटवर्क प्रालिका संचालक एवम् पूर्वडीआइजी छविलाल जोशीसँग भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा मंगलबार साढे ७ घण्टा बयान लिइएको छ। सोमबार पोखराबाट भैरहवा ल्याइएका जोशीलाई हिजो प्रारम्भिक सोधपुछ गरिएकोमा मंगलबार दिनभर बयान गरिएको हो ।

जोशीलाई सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय भैरहवाका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत यमलाल बन्जाडेसहितका प्रहरीहरुले बयान लिएका हुन् ।

बिहान ११ बजेदेखि बयान सुरु गरी साँझ साढे ६ बजे सम्म बताउन लिइएको जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए। जिल्ला न्यायाधिवक्ता पौडेलले जोशीमाथि लागेका आरोपबारे ५७ वटा प्रश्न सोधिएको जानकारी दिए । पूर्वगृहमन्त्री रवि लामिछाने र संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीवी) राईबारे बयानमा जोशीले के भने भन्ने जिज्ञासामा उनले अहिले केही खुलाउन नमिल्ने बताए । उनलाई बुधबार पोखरा पठाइनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>