राजनीति

वडा अध्यक्षलाई कार्यवाहक दिने हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न आदेश

Banner

विराटनगर, कात्तिक ४-

उच्च अदालत विराटनगरले वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिने धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)को निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।​ न्यायाधीश ध्रुवराज नन्दको इजलासले आइतबार प्रमुख साम्पाङको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो ।​

वैदेशिक भ्रमणमा जानुअघि प्रमुख साम्पाङले वडा नम्बर ११ का अध्यक्ष फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । वडाअध्यक्षलाई कार्यहका दिएपछि उपप्रमुख आइन्द्रविक्रम बेघाले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगर अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>