समाचार

कानुनी प्रक्रियालाई सघाउन तयार छौँः रास्वपा प्रमुख सचेतक परियार

Banner

त्रिवेणी, कात्तिक ३-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापतिलाई लागेको आरोपका विषयमा हुने कानुनी प्रक्रियालाई सघाउने बताउनुभएको छ ।

पार्टीको जिल्ला भेलामा सहभागी हुन आज रुकुम पश्चिम आईपुग्नुभएका परियारले पत्रकारसँग भन्नुभयो, “कानुनी प्रक्रियालाई सघाउन तयार छौँ । कुनै व्यक्ति तथा संस्थाउपर रिस भने साँध्न हुन्न ।”

पार्टीका मुख्यमुख्य गतिविधि सञ्चालन भइरहने र तोकिएका जिल्ला भेला र महाधिवेशनका कार्यक्रमहरू भने अर्को सूचना नहुन्जेल स्थगित गरिएको पार्टीका प्रमुख सचेतक परियारले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>