धार्मिक/सांस्कृतिक
जनकपुरमा धोती, कुर्ता र सारी जुलुस निकालियो
०

जनकपुर, कात्तिक ३-
मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले युवाहरूले धोती, कुर्ता र सारी जुलुस निकालेका छन् ।
पछिल्लो समय युवाहरूमा मिथिलाको मुख्य पोसाकको रूपमा रहेको धोती कुर्ताप्रति बढ्दै गइरहेको वितृष्णा कम गर्ने उद्देश्यले युवाहरूले जनकपुरधाममा धोर्तीकुर्ता तथा सारी जुलुस निकालेका हुन् । धोती कुर्ता तथा सारी लगाएका सय भन्दा बढी युवारयुवतीले जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा पुगेर मन्दिरको परिक्रमा गरेका हुन् ।
मिथिलाको आफ्नो वस्त्र तथा मिथिला संस्कृति हामी युवाहरुले नै जोगाउनुपर्छ भन्ने उद्देश्यले आफूहरूले जुलुस निकालेको जुलुसमा सहभागी सुमित जलानले बताए । उनले यसलाई अभियानकै रूपमा आफूहरूले अगाडी बढाएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























