राजनीति

रविलाई पक्राउ गर्न अनुमतिका लागि कास्की प्रहरी पुग्यो अदालत

Banner

काठमाडौं,कात्तिक २-

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरेको छ । अनुसन्धानका लागि रविलाई पक्राउ गर्नुपर्ने देखिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया आफैँ पक्राउ अनुमतिका लागि जिल्ला अदालत कास्की पुगेका छन् । पक्राउ पुर्जीका लागि न्यायाधीश कृष्णजंग शाहको बेन्चमा बहस जारी छ ।

सहकारी ठगीबारे गठित संसदीय छानबिन समितिले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविको संलग्नता देखिएको निष्कर्षसहित प्रतिवेदन तयार पारेको थियो । सोही प्रतिवेदनका आधारमा प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरिसकेको छ । असोज ६ गते पक्राउ परेका जोशीलाई आज पुनः अदालत पेस गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>