समाचार

हलबाट उत्रियो फिल्म ‘बेहुली फ्रम मेघौली’,ओटीटीमा कहिले आउँछ ?

Banner

काठमाडौं,कात्तिक १-

निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट उत्रिएको छ। कम शो पाएको भन्दै बिहीबारबाट निर्माताले नेपालभरका हलबाट फिल्मलाई निकालेका हुन्।

आज कुनै पनि हलहरुमा यस फिल्मको शोहरु उपलब्ध छैनन्। घटस्थापनाको अवसरमा असोज १७ गतेबाट रिलिज भएको यस फिल्मले दर्शकहरुबाट राम्रो प्रतिक्रिया बटुलेको थियो। पहिलो साताभर साढे तीन करोड कमाएको थियो। तर, दोस्रो साता तीन स्वदेशीसहित एक विदेशी फिल्म हुँदा प्रयाप्त शो पाउन सकेन।

कम शो पाएपछि निश्चलले सामाजिक सञ्जालमा आफ्नो फिल्ममा अकुपेन्सी हुँदा पनि हिन्दी सिनेमा आएपछि हलवालाले सो घटाएको भन्दै असन्तुष्टि पोखेका थिए। साथै आफूले हलको विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका थिए। फिल्मका निर्माता तथा अभिनेता निश्चलले आजबाट सम्पूर्ण हलबाट फिल्म उत्रिसकेको जानकारी दिए। साथै, उनले हप्तादिनमा ओटीटी प्लेटफर्म एएसएम भिडिओमा फिल्म ल्याउने योजना रहेको सुनाए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>