समाचार

छक्का पञ्जा-५’ र ‘१२ गाउँ’को कडा टक्कर, क्यूएफएक्समा पाए बराबरी शो

Banner

काठमाडौं,असोज २९-

चलचित्र ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’को शो मा टक्कर देखिएको छ । सुरुमा ‘१२ गाउँ’को भन्दा धेरै शो ‘छक्का पञ्जा’ले पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा छैटौँ दिनमा आइपुग्दा ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’को शो बराबरी छ । सुरुमा शो बाँडफाँट गर्दा क्यूएफएक्सले काठमाडौंका आफ्ना आउटलेटमा ‘छक्का पञ्जा–५’लाई ३८ शो दिएको थियो । ‘१२ गाउँ’ले २२ शो पाएको थियो ।

त्यसयता विस्तारै ‘१२ गाउँ’ले शो बढाउँदै गएर छैटौँ दिनमा आइपुग्दा काठमाडौं उपत्यकाको क्यूएफएक्स चेनमा ‘छक्का पञ्जा–५’ जति नै पुर्याएको हो ।

‘१२ गाउँ’ विराज भट्टले निर्देशन गरेको चलचित्र हो । यसमा बिराज र समीर भट्ट मुख्य भूमिकामा छन् । ‘छक्का पञ्जा–५’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो । जसमा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् । यी दुईवटै चलचित्र अधिकांश शो हाउसफुल अकुपेन्सीमा चलिरहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>