राजनीति

एमाले पार्टी कार्यालय प्रकरणमा प्रधानमन्त्री ओली र गुरुङको शाख उठेनः खतिवडा

Banner

काठमाडौँ, असोज २८—
सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) को केन्द्रीय कार्यालय भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले निर्माण गर्ने विषयको आलोचना सत्तासहयात्री कांग्रेसका नेताहरूले पनि गर्न थालेका छन् । एमालेको पार्टी कार्यालय निर्माणको विषयले प्रधानमन्त्री केपी शर्मा ओली र व्यवसायी तथा समाजसेवी गुरुङको शाख गिरेको रूपमा सत्तारुढ कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति सभापतिसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य खतिवडाले एमाले केन्द्रीय कार्यालय निर्माणको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् । आफूले एमालेको पार्टी केन्द्रीय कार्यालय निर्माणको विषयमा नलेखी बस्न नसकेको पनि खतिवडाले लेखेका छन् । ‘नेकपा (एमाले)को पार्टी अफिस प्रकरणमा प्रधानमन्त्री केपी ओली र समाजसेवी मीनबहादुर गुरुङ दुवैको शाख उठेन । के हुँदैछ आफैले बुझ्दा अझ राम्रो । केही नलेखेर बस्न मन थियो तर मन मानेन,’ खतिवडाले लेखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>