Breaking News

कोसी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

०
Banner

काठमाडौं,कात्तिक ४-

देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही भूभागमा हिमपात पनि हुनेछ । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

हिमाली भूभाग तथा कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ । विभागका अनुसार राति कोसी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी हिमाली र पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सुरकुहिरो लाग्नेछ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>