समाचार

गुल्मीमा जिप दुर्घटना हुँदा १४ जना घाइते, २ को अवस्था गम्भीर

Banner

गुल्मी,असोज २५-

गुल्मीमा आज बिहान जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारीसमेत रहेका डीएसपी शंकर पोखरेलले जानकारी दिए। बुटवलबाट गुल्मीको मालिकातर्फ जाँदै गरेको लु १ ज ४४४८ नम्बरको सफारि जिप शुक्रबार बिहान साँढे नौ बजे रिडी–बुर्तिबाङ सडकखण्ड अन्तर्गत गुल्मीको मुसिकोट नगरपालिका-५ इन्द्रेगौँडामा सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।

‘जिपमा १४ जना सवार थिए। सबै घाइतेछन्,’ डीएसपी पोखरेलले भने, ‘घाइते सबैलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। उनीहरुको परिचय खुलेको छैन।’ जिप आफैँ अनियन्त्रित भएर सडकबाट तल खसेको हो। तीव्र गति र बढी भारको कारण जिप पल्टिएको अनुमान प्रहरीले गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>