Breaking News
नेपाल प्रहरीले दशैंमा निःशुल्क बस चलाउने,यस्तो छ रुट
०

काठमाडौं,असोज २४-
बडादसैँका अवसरमा नेपाल प्रहरीले यो वर्षको महाअष्टमी/महानवमी र विजयादशमीका दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । असोज २५ र २६ गते काठमाडौंमा निःशुल्क बस सेवा सञ्चालन गरिने प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
प्रहरीले दुई रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो । रुट नम्बर–१ अन्तर्गत नयाँ बसपार्क, बालाजु, बल्खु, सातदोबाटो, लगनखेल, थापाथली, पुतलीसडक, नक्साल, टिचिङ, चक्रपथ हुँदै बस सञ्चालन गरिनेछ ।
रुट नम्बर–२ अन्तर्गत एयरपोर्ट, कोटेश्वर, ठिमी, सूर्यविनायक, गौशाला, चाबहिल, चक्रपथ, बालुवाटार, नक्साल, रातोपुल हुँदै बस सञ्चालन गरिने प्रहरीले जनाएको छ । दुवै रुटमा बिहान र अपराह्न गरी दुई सिफ्टमा बस सेवा सञ्चालन गरिने जनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























