समाचार

सीतापाइलामा चारवटा सवारीसाधन एकआपसमा जुधे

Banner

काठमाडौं,असोज २२-

काठमाडौंको सीतापाइलामा चारवटा सवारीसाधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । मंगलबार साढे ११ बजे आसपास सीतापाइला चोकनजिकै चारवटा सवारीसाधन ठोक्किएका हुन् । मोटरसाइकल, कार, बस र डीआई गाडी दुर्घटनामा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले जानकारी दिए ।

दुर्घटनामा ठूलो भए पनि क्षति भने कमै भएको छ । मोटरसाइकल चालक सामान्य घाइते छन् । ताप्लेजुङ सिजङ्गा गाउँपालिका–४ घर भई हाल जिल्ला काठमाडौंको कलंकी बस्ने ५० वर्षीय हर्कबहादुर खड्का घाइते भएका हुन् । मोटरसाइकल कारमुनि छिरेको अवस्थामा पनि उनी सामान्य घाइते रहेको प्रवक्ता श्रेष्ठले बताए । कार अकस्मात रोकिएपछि त्यसमा मोटरसाइकल ठोक्किएको थियो । बा १६ च ६३३७ नम्बरको कार र बा प्र ०२ ०३४ प ४३०२ नंको मोटरसाइकलसँगसँगै गुडिरहेको अवस्थामा ठोक्किएका हुन् । त्यसपछि अन्य दुई गाडी पनि आएर ठोक्किएका थिए ।

त्यही बेला पछाडि गुडिरहेको बा ४ ख ८९७२ नम्बरको महानगर यातायातले कारलाई ठक्कर दिएको हो । यसपछि सोही कार विपरीत दिशाबाट आउँदै गरेको बा १० च ८७७५ डीआई गाडीमा पुनः ठोक्कियो । घाइते भएका मोटरसाइकल चालक खड्काको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>