समाचार

जुवा खालमा कैलाली र कञ्चनपुर प्रहरीको छापा, पौने ३ लाखसहित १५ जना पक्राउ

Banner

कैलाली,असोज २२-

कैलाली र कञ्चनपुर प्रहरीले जुवा खालमा छापा मारेको छ । चाडपर्व नजिकिएसँगै ठाउँठाउँमा जुवातास हुन थालेपछि दुई जिल्लाका प्रहरीले छापा मारेका हुन् । सो क्रममा १५ जना पक्राउ परेका छन् भने दुई लाख ७१ हजारभन्दा बढी रकम बरामद भएको छ । कैलालीमा एक लाख ८९ हजार नौ सय २० रुपैयाँसहित ६ जना जुवाडे पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–१३ श्रीलंकास्थित जंगलबाट ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैतडीको सुनर्या गाउँपालिका–२ बस्ने ३५ वर्षीय करन बिष्ट, पाटन नगरपालिका–४ बस्ने ३५ वर्षीय सुरेन्द्र बिष्ट, धनगढी उपमहानगरपालिका–२ बस्ने ३९ वर्षीय सुरेश बुढाऐर, धनगढी–१ बस्ने ३४ वर्षीय पुष्प बिष्ट, ३८ वर्षीय ज्ञानबहादुर रोकाया र गोदावरी नगरपालिका–१ बस्ने पदम साउँद रहेका छन् ।

उता कञ्चनपुरमा पनि नौ जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका– ७ कालापानीस्थित मानसिंह ठगुन्नाले सञ्चालन गरेको धामी कटेजमा छापा हानेको थियो । सो क्रममा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँका २४ वर्षीय विपिन सिंहसहित नौ जनालाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट ८१ हजार चार सय ६० रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>