देश/प्रदेश

दाउरा निकाल्ने क्रममा पुलबाट राप्तीमा खसेका १३ वर्षीय बालकको उद्धार

Banner

दाङ, असोज २१-

दाङको राप्ती गाउँपालिका–३ खुरुरियास्थित राप्ती नदीको बीच टापुमा खसेका एक बालकको सकुशल उद्धार भएको छ । खुरुरियास्थित झोलुंगे पुलबाट नदीको बीच भागमा खसेका सोही ठाउँका १३ वर्षीय सुधन चौधरीको प्रहरीले उद्धार गरेको हो ।

इलाका प्रहरी कार्यालय भालुबाङ र सशस्त्रको ज्वालामाई गणको टोलीले बालकको उद्धार गरेको थियो ।

उनी आइतबार साढे ३ बजे बाढीले ल्याएका दाउरा निकाल्ने क्रममा अचानक नदिमा खसेका थिए। नदीले बगाउँदै लगेपछि उनी पानी नभएको नदीको बीचभागमा निस्किएका थिए। त्यहाँबाट नदी पार गरेर आउन नसकेका किशोरलाई एक घण्टापछि बालकलाई उद्धार गरिएको भालुबाङ प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>