Breaking News
नारायणगढ-मुग्लिन पहिरोमा रोकिए दुई दर्जनबढी बिहेको गाडी
०

चितवन, असार २८-
नारायणगढ–मुग्लिन सडक खण्डको विभिन्न स्थानमा गएराति ठूला पहिरो खसेका छन् । सिमलतालको पहिरोले दुई यात्रुबहाक बस बगाएको छ भने सत्रकिलो भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुंगा लागेर एक जना बस चालकको मृत्यु भएको छ ।
पहिरोका कारण झण्डै तीन किमी दुरीसम्म सवारी साधनको लाइन लागेको छ । सवारी साधनको लाइनमा दुई दर्जनबढी बिहेका गाडी पनि जाममा परेका छन् ।
असार २७, २८, ३० र ३१ गते बिहेको लगन रहेको छ । लगन छोपेर बिहे गर्नेहरु धेरै हुने गर्छन् । नारायणगढ–मुग्लिन सडक भएर यात्रा गरेका बिहेका जन्तीहरु पहिरोका कारण जाममा परेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























