Breaking News
पहिरोले अवरूद्ध भएको नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो
०

चितवन, असार २७-
पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी खुलेको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो ।
अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन्। उनले आवागमन दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने बताइन् । सडक अवरूद्ध हुँदा रोकिएका सवारी साधनहरूलाई एक तर्फी खुलेपछि गन्तब्यतर्फ पठाइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























