Breaking News

मौवाखोलामा पहिरो खस्ने र पन्छाउने क्रम जारी, बाटो खुल्न दुई घण्टा लाग्ने

Banner

चितवन, असार २७-

इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान ५ बजे खसेको पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले बताएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार पहिरो झर्ने र पन्छाउने क्रम जारी छ । पहिरो पन्छाउन कम्तिमा दुई घण्टा लाग्ने उनले जानकारी दिए । वर्षा भइरहेकाले पहिरो झर्न रोकिएको छैन ।

लेदोसहितको पहिरोका कारण पृथ्वी राजमार्ग बिहानै देखि अवरुद्ध छ । राजमार्ग अवरुद्ध हुँदा सवारी साधनहरुको लामो लाइन लागेको छ । मलेखु–नौविसे सडक रातिको समयमा ५ घण्टा बन्द हुने भएकाले दिउँसोको समयमा सवारी साधनको चाप छ ।

सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>