माैसम
आज यी छ प्रदेशमा चट्याङसहित मध्यम वर्षाको सम्भावना
०

काठमाडौं, जेठ २६-
कोशी, बागमती र गण्डकी प्रदेशमा आज वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।
दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ। काठमाडौं उपत्यकामा आज वर्षाको सम्भावना छ। महाशाखाका अनुसार अपराह्नतिर छिटपुटदेखि हल्का वर्षा हुनेछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























