Breaking News
भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन,१३ हजार ७९५ जनाको उद्धार
०

काठमाडौँ, असोज १० –
भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ । उपचारका क्रममा दुई जनाको मत्यु भएको छ ।
हालसम्म १३ हजार ७९५ जनाको उद्धार भएको छ । तीमध्ये नुवाकोटमा १८७, रसुवामा ८०५ र धादिङमा १२१ जना गरी एक हजार ११३ जना २१ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् ।
यसैगरी, दुई हजार ६० जनाको डिएनए नमूना सङ्कलन भएको छ । बाढीमा घाइते भएका सात जनाको उपचार जारी छ भने सुरक्षा निकायमार्फत १० हजार ९८८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























