Breaking News

नारायणी नदीको जलसतह निरन्तर बढ्दो, देवघाट क्षेत्रमा खतराको तह नजिक पुग्दै

०
Banner

चितवन, असोज १०–

निरन्तरको वर्षाले नारायणी नदीको जलसतह खतराको तह नजिक पुग्न लागेको छ ।

देवघाट क्षेत्रमा विहानै सतर्कता तह पार गरेको नारायणी नदी अब खतराको तह नजिक पुग्न लागेको हो । यो समाचार तयार पार्दासम्म विहान १०ः३५ सम्ममा नारायणीको जलसतह ८.६७ मिटर पुगेको छ । ९ मिटर पुगेमा नारायणीले खतराको तह पार गर्नेछ । अहिले निरन्तर जलसतह बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

यस्तै त्रिशुली नदीको भोर्ले क्षेत्रमा पनि सतर्कता तह पार गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>