देश/प्रदेश
अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित
०

सङ्खुवासभा,असोज १० –
अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित भएको छभने बाढी पहिरोको जोखिम पनि बढेको छ । मादी नगरपालिका–४ ओखरबोटेका विनोद निरौलाको घर र एउटा विद्यालय भवन पनि पहिरोको जोखिममा छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीका अनुसार घरमाथिबाट पहिरो खसेपछि निरौलाको पाँच जनाको परिवार विस्थापित भएको छ ।
लगातारको वर्षासँगै चैनपुर–६ भञ्ज्याङखर्कमा पहिरो खसेपछि पाँचखपन–चैनपुरमा यातायात सेवा अवरुद्ध भएको छ । सिलिचोङ गाउँपालिका–२ को वाला माध्यमिक विद्यालय भवन पनि पहिरोको जोखिममा छ ।
जिल्ला प्रशासन कार्यालयले अरुण, वरुण, हेवा र सभा खोलाको जलसतह निरन्तर बढिरहेको जनाउँदै सम्बद्ध सबैलाई सतर्क रहन अनुरोध गरेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























