समाचार

मोदी भारतको प्रधानमन्त्रीमा तेस्रो पटक नियुक्त, आइतबार सपथ लिने

०
Banner

काठमाडौं, जेठ २५-

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो । एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । साँझ राष्ट्रपतिलाई भेटेपछि मोदीले भने, ‘राष्ट्रपतिजीले मलाई बोलाउनु भएको थियो र मलाई नवनिर्वाचित प्रधानमन्त्रीका रूपमा काम गर्न नियुक्त दिनुभयो ।’ मोदीले आइतबार साँझ ६ बजे शपथ लिनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>