क्रिकेट

विश्वकप खेल्न लागेको नेपाली क्रिकेट टोलीलाई सन्दीपको दिए भावुक शुभकामना

०
Banner

काठमाडौं,जेठ २२-

क्रिकेटर सन्दीप लामिछानेले आजदेखि विश्वकप खेल्न लागेको नेपाली क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिएका छन्। अमेरिकी दूतावासले भिसा नदिँदा विश्वकपमा सहभागी हुन नपाएका सन्दीपले मंगलबार साँझ आफ्ना तर्फबाट माया र शुभकामना भन्दै नेपालको जितका लागि कामना गरेका हुन्।

उनले टोलीलाई आफ्नो उत्कृष्टता प्रदर्शन गरेर विश्वभरका नेपालीलाई गर्व गर्ने अवस्था बनाउन आग्रह पनि गरेका छन्। ‘म साथीहरूको यो अद्‌भूत समूहलाई मेरो तर्फबाट शुभकामना तथा माया पठाउँदै छु। अगाडिको रोमाञ्चक यात्राका लागि टोलीलाई शुभकामना’, सन्दीपले लेखेका छन्, ‘आफ्नो उत्कृष्टता दिएर विश्वभरका नेपालीलाई गौरवान्वित गराउनू। जय नेपाल !’

बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघले आईसीसीलाई पत्र पठाउँदै अनुमति लिए पनि अमेरिका जाने भिसा नपाउँदा सन्दीप जान नपाएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>