अर्थ
कान्तिपुर र पशुपति सहकारीमा अर्बौं बचत ठगीका आरोपी सिबी लामा पक्राउ
०

काठमाडौं, जेठ १८-
सहकारीको बचत ठगी गरेको आरोपमा एक जनालाई पक्राउ परेका छन् । सहकारीको बचत रकम ८ अर्ब ठगी गरेको आरोपमा प्रहरीले कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष र पशुपति बचत सहकारीका अध्यक्ष चन्द्रबहादुर लामा (सिबी) लाई पक्राउ गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई भारतीय सीमा क्षेत्रबाट आज (शुक्रबार) बिहान पक्राउ गरेको थियो । ‘हाल लामालाई काठमाडौं ल्याउँदैछौं,’ एसएसपी सानुराम भट्टराईले भने।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























