समाचार
फेवातालमा फसेकी अस्ट्रेलियाकी नागरिकको उद्धार
०

पोखरा, जेठ १७-
फेवातालमा फसेकी एक अस्ट्रेलियाकी नागरिकको उद्धार गरिएको छ । बिहीबार अपराह्न आएको हावाहुरीका कारण बिच तालमा फसेकी विदेशी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेका हुन् ।
डुङ्गा भाडामा लिएर फेवातालमा उनी सवार हुँदा हावाहुरी आएको थियो । अतालिएको र उद्धारका लागि चिच्याई रहेको अवस्थामा उनको उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए । उनी २७ वर्षीया अष्ट्रियाको नागरिक लाउरा रहेको गणपति शर्माले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























