खेलकुद

पहिलो खेलमा ह्युस्टन हरिकेन्समाथि नेपालको जित, दोस्रो खेल आज

Banner

काठमाडौं, जेठ १२-

नेपालले पहिलो टी–२० अभ्यास खेलमा घरेलु टोली ह्युस्टन हरिकेन्समाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ ।

१४७ रनको लक्ष्य पछ्याएको हरिकेन्सले २० ओभरमा ८ विकेट गुमाउँदै १४० रन बनायो ।

अन्तिम ६ बलमा हरिकेन्सलाई जितको लागि १० रन चाहिएको थियो । तीव्र गतिका बलर करण केसीले अन्तिम ओभरमा ३ रन खर्चेर एक विकेट लिंदै नेपाललाई जित दिलाए । त्यसअघि १९ औं ओभरमा अभिनाश बोहराले १४ रन खर्चेका थिए ।

हरिकेन्सबाट लाहिरु मिलान्थाले २२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३३ रन बनाए । अली शेख २३, स्मित पटेल १९ आर्कषित गोमेल १८ रनमा आउट भए ।

नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । करण केसीले ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेल, कुशल भुर्तेल, सागर ढकाल र अभिनाश बोहराले एकरएक विकेट लिए ।

त्यसअघि प्रेरी भ्यू कम्पलेक्स ह्युस्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । नेपालका तेस्रो नम्बरका ब्याटर अनिल कुमार साहले ३८ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए ।

नेपालले दोस्रो खेल आज (शनिबार) हरिकेन्ससँग नै खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>