खेलकुद

चितवन राइनोजले ‘ट्यालेन्ट हन्ट’ असोज १८ र १९ मा गर्ने

०
Banner

चितवन, असोज १२—

नेपाल प्रिमियर लिग (एनपीएल) टोली चितवन राइनोजले तेस्रो सिजनका लागि नयाँ प्रतिभावान क्रिकेट खेलाडी खोज्ने उद्देश्यसहित ‘चितवन राइनोज ट्यालेन्ट हन्ट’ आयोजना गर्ने घोषणा गरेको छ।

एक्सट्रिम इनर्जी ड्रिंक मुख्य साझेदार रहेको ट्यालेन्ट हन्ट असोज १८ र १९ (४–५ अक्टोबर २०२६) मा सञ्चालन हुनेछ। राइनोजका अनुसार सहभागी खेलाडीले आफ्नो क्रिकेट कौशल प्रदर्शन गर्दै एनपीएलका स्काउट्सको नजरमा पर्ने अवसर पाउनेछन्।

प्रतिभा छनोट कार्यक्रम चार स्थानमा सञ्चालन हुनेछ । जसमा भरतपुर, टाँडी, हेटौंडा र माडी रहेका छन्। सहभागी हुन इच्छुक खेलाडीले पोस्टरमा रहेको क्यूआर कोड स्क्यान गरेर दर्ता गर्न सक्नेछन्।

चितवन राइनोजले यो कार्यक्रममार्फत स्थानीय स्तरका प्रतिभालाई राष्ट्रिय मञ्चमा ल्याउने लक्ष्य राखेको जनाएको छ। क्लबले प्रतिभावान खेलाडीलाई एनपीएलमा स्थान बनाउने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड लगायत विभिन्न साझेदार संस्थाको पनि सहकार्य रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>