समाचार

प्रचण्ड र ओलीले पनि नागरिकतामा विवरण बदल्नुभएको शंका हामीलाई छः मिडिया सोसाइटी

०
Banner

काठमाडौं, जेठ ९-

कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई रिहा गर्न मिडिया मालिकहरुको साझा संगठन मिडिया सोसाइटीले माग गरेको छ । मिडिया सोसाइटीले बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष सिरोहियालाई रिहा गर्न माग गरेको हो ।

सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले नागरिकतामा विवरण तलमाथि हुँदैमा अध्यक्ष सिरोहियालाई पक्राउ गर्न नमिल्ने बताएका छन् ।
सिरोहियालाई रिहाइ नगरेसम्म निरन्तर संघर्ष गर्ने कँडेलले घोषणा गरे ।

कँडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको नागरिकतामा पनि गडबडी रहेको आशंका उनले व्यक्त गरे ।

कँडेलले भने, ‘प्रचण्ड र ओलीले पनि नागरिकतामा विवरण बदल्नुभएको शंका हामीलाई छ । उहाँहरुले पुरानो नागरिकता छोडेर प्रतिलिपि बोक्नुभएको छ । पहिलेको नागरिकता सिरोहियाको जस्तै नेपाली कागजमा थियो होला । त्यसमा नाम, थर, वतन, जिल्ला, मिति तलमाथि रहेको मिडिया सोसाइटीलाई गम्भीर शंका छ । सबै पत्रकार साथीहरलाई आग्रह गर्छौं कि एकपटक प्रधानमन्त्री र ओलीको नागरिकता हेरौं । देउवाको, नेपालको पनि खोजौं । हामीले खोजौं न । कसरी बदल्नुभएको रहेछ । के प्रक्रिया अपनाउनुभएको रहेछ । पक्राउ गरिएको रहेछ कि रहनेछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>