समाचार

अण्डाको मुल्य बढ्यो

Banner

काठमाडौँ, जेठ ४-
नेपाल लेयर कुखुरापालक संघले अण्डाको मूल्यमा वृद्धि गरेको छ ।

संघको शुक्रबार बसेको बैठकले शनिबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो । बैठकले देशभर अण्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानेको छ ।

संघका अनुसार नयाँ मूल्य मिडियम साइजको अण्डा प्रतिक्रेट ४५० रुपैयाँ पर्नेछ । यस्तै, ठुलो अण्डा प्रतिक्रेट ४६५ रुपैयाँ र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ४८० रुपैयाँ पर्नेछ । किसानले लागत उठाउन नसकेकाले मूल्य बढाएको संघका सचिव मदन पोखरेलले जानकारी दिए । संघले यसअघि वैशाख २३ गते पनि अण्डाको मूल्य बढाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>