समाचार

विपक्षी दलको आग्रहपछि सदन २ बजेसम्मलाई स्थगित

०
Banner

काठमाडौं, जेठ ४-

प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । विपक्ष दलको आग्रहपछि सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको गरिएको हो ।

सभामुखको सचिवालयका अनुसार हिजो बसेको बैठकमा कांग्रेस र एमालेका सांसदहरूबिच धकेलाधकेलको स्थिती बनेपछि आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसोलाई सारिएको हो ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने बटमलाइन बनाएको छ । तर, सहकारी प्रकरणमा समिति गठन हुने विषयमा सहमतिको सम्भावना कमजोर बन्दै गइरहेको छ । सदनको अवरोध हटाउन दलहरुबीच विभिन्न कोणबाट छलफल भइरहेको जनाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>