समाचार

वैशाखमा झण्डै ५२ हजारले गरे पाथीभराको दर्शन

Banner

ताप्लेजुङ, जेठ १-

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न वैशाख महिनामा मात्रै झण्डै ५२ हजार भक्तजन आएका छन्।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङका अनुसार वैशाख महिनामा ५१ हजार ८ सय ४ जना तीर्थालुले मन्दिरको दर्शन गरेका हुन्।

गत साउनदेखि चैत मसान्तसम्ममा एक लाख ६८ हजार ४ सय ६८ जनाले मन्दिरको दर्शन गरेका थिए। हाङवाङका अनुसार सबैभन्दा बढी चैत महिनामा ५२ हजार ४ सय ५५ जनाले दर्शन गरे। कात्तिकमा ४९ हजार १ सय ६३, साउन महिनामा १ हजार १ सय २२, भदौमा ५ हजार र असोजमा १० हजार ३ सय ४३ भक्तजनले दर्शन गरेको हाङवाङले जानकारी दिए।

यस्तै मंसिरमा २० हजार ४ सय १६, पुसमा ५ हजार ६ सय ५५, माघमा ६ हजार ४ सय १ र फागुनमा १७ हजार ९ सय १२ जनाले पाथीभरा मन्दिरको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो। यहाँ वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>