समाचार

दक्षिण एसियाली महिला सम्मेलन आजदेखि

०
Banner

काठमाडौं, वैशाख ३०–

दक्षिण एसियाली महिला सम्मेलन आइतबार ललितपुरमा शुरु हुँदैछ।

ग्रामीण पर्यटनमा दिगो विकास र महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर सम्मेलन शुरु हुन लागेको हो। सम्मेलनको उद्घाटन बिहान ९ बजे हुनेछ । वित्तीय पहुँच, बजारीकरण, डिजिटल प्रविधि र व्यावसायिक विकास छलफलको मुख्य विषय रहनेछन्।

नेपालमा पहिलो पटक हुन लागको सम्मेलनले दक्षिण एसियाली महिलाले सञ्चालन गरेको लघु, साना र मध्यमस्तरका व्यवसाय प्रवर्र्धन गर्ने, लैंगिक ‘डिजिटल ग्याप’लाई कम गर्न पुलको काम गर्नुका साथै महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको आयोजकले बताएको छ।

लघु, साना र मध्यमस्तरका व्यवसायहरुलाई विशेष जोड दिँदै ग्रामीण पर्यटन, कृषि र जलवायु परिवर्तनजस्ता विषयमा पनि सम्मेलनमा छलफल हुनेछ।

सम्मेलन जेठ १ गते सम्म चल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>