समाचार

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

Banner

हेटौडा, वैशाख २९-

बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय र सिफारिस बमोजिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका हुन् ।

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आगामी जेठ ४ गते प्रदेशसभा अन्तर्गतका विभिन्न पाँच वटा समितिको सभापति पदको निर्वाचन गर्ने विषयमा सबै दलबीच सहमति भएको बताए ।

सभामुख पाठकले जेठ ४ गतेसम्म सहमतिको प्रयास गर्ने र सम्भव नभए निर्वाचनमार्फत सभापतिको चयन गर्ने बताएका छन् । प्रदेशसभाको नियमावली २०७४ अनुसार प्रदेशसभामा पाँच वटा विभिन्न समितिहरु रहने व्यवस्था छ ।

प्रदेशसभामा अहिले प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, कृषि, स्वास्थ्य तथा शिक्षा समिति, पर्यटन, उद्योग तथा वाणिज्य समिति, र भूमी तथा सहकारी व्यवस्था समिति छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>