समाचार

खसीलाई खुवाउन रूखको हाँगा काटेपछि ललितपुर महानगरपालिकाले तिरायो पाँच हजार जरिवाना

Banner

ललितपुर, वैशाख २८-

ललितपुर महानगरपालिकाले भैँसेपाटीको एक मासु पसललाई ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । सडक छेउमा रोपेको रुखको हाँगा काटेर बाख्रालाई खुवाएको पाइएपछि महानगरपालिकाले जरिवानाबापत पाँच हजार जरिवाना तिराएको हो ।

महानगर प्रहरी गस्तीमा हिँडिरहेको अवस्थामा रुखको हाँगा काटेर बाख्रालाई खुवाएको देखेपछि जरिवाना तिराइएको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>