बाढि पहिरो

ब्राजिलमा बाढीबाट १०७ जनाको मृत्यु, करिब १५ लाख प्रभावित

Banner

काठमाडौं, वैशाख २८-

ब्राजिलमा एक सातायताको भीषण वर्षा र रियो ग्रान्डे डु सुल नदीमा आएको बाढीका कारण १०७ जनाको मृत्यु भएको छ ।

देशको सिभिल डिफेन्स एजेन्सीका अनुसार, १४ लाख ७६ हजार मानिस बाढीबाट प्रभावित छन् । ७५४ जना घाइते र १६ हजार ४०० नागरिक विस्थापित भएका छन् । १३४ मानिस हराइरहेका जनाइएको छ ।

बाढीको विपत्तिका क्रममा लुटपाट र यौन दुर्व्यवहार गर्ने कम्तीमा ४७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मध्ये ६ जना यौन दुर्व्यवहारमा संलग्न थिए ।

शुक्रबार ९आज० र आइतबार (पर्सि) पनि ठूलो वर्षा हुन सक्ने त्यहाँको मौसम पूर्वानुमान गर्ने निकायले जनाएको छ । सीएनएनबाट ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>