धार्मिक/सांस्कृतिक

६ महिनादेखि बन्द रहेको केदारनाथ मन्दिरको द्वार भक्तजनका लागि खोलियो

Banner

काठमाडौँ, वैशाख २८-

भारतको प्रसिद्ध केदरानाथ मन्दिरको द्वार आजबाट भक्तजनका लागि खुला गरिएको छ। विगत ६ महिनादेखि बन्द रहेको उत्तराखण्डमा अवस्थित केदारनाथ मन्दिरको द्वार आजबाट मात्रै भक्तजनलाई दर्शनका लागि खुला गरिएको हो।

अक्षय तृतियाको शुभ अवसर पारेर मन्दिरको द्वारा खोलिएसँगै चारधामको यात्रा पनि आजबाट सुरु भएको हो। मन्दिरलाई ४० क्विन्टल फूलमालाले सजाइएको छ। केदारनाथ मन्दिरमा भगवानको दर्शनका लागि बिहानैदेखि भक्तजनको भिड लागेको छ।

मन्दिरमा अवस्थित भगवान शिवको शिवलिङ्गको दर्शनका लागि नेपालसहित विश्वका विभिन्न मुलुकबाट श्रद्धालु भक्तजनहरू त्यहाँ पुग्ने गर्छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>