समाचार

कोहलपुरमा प्रहरीले लागुऔषध कारोबारीलाई गोली हानेर लियो नियन्त्रणमा

Banner

काठमाडौं, वैशाख २७-

बाँकेको कोहलपुरमा प्रहरीले लागुऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको छ । काठमाडौंबाट खटिएको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा बिहीबार गोली चलाएको हो ।

उनीबारे थप विवरण भने आउन बाँकी रहेको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले जानकारी दिए । परियारलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली हानेर नियन्त्रणमा लिएको हो । परियारको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।

उनको घुँडामा गोली लागेको ब्युरोका प्रमुख गोविन्द थपलियाले जानकारी दिए । उनको साथबाट प्रहरीले ११० ग्राम खैरो हिरोइन बरामद गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>